काठमाडौँ, २९ फागुन । राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । राष्ट्रिय सभामा रहेका ४ दलको सहयोगमा दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दलको सहयोगमा दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । बैठकको अध्यक्षता गरेकी राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले मत विभाजन प्रक्रियाबाट मतदान गराउँदा…