काठमाडौँ, १८ कार्तिक । जाजरकोटमा गएको भूकम्पमा परी ठुलो क्षति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्धार तथा राहतमा जुट्न सबैमा अपिल गरेका छन् । ‘भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहत भएको छु । घाइतेहरूको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन्। उद्धार एवं राहतमा जुट्न सबैमा अपिल गर्दछु,’ प्रधानमन्त्री दाहालले भनेका छन्…