काठमाडौँ, २९ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । सोमबार एक कार्यक्रमका बीच आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले राष्ट्रपति भवन शीतल निवासमा प्रतिवेदन पेस गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक मुलुक भएकाले सबै जाति, भाषा, संस्कृति र समुदायका बीचमा सहअस्तित्वका आधारमा आपसी सद्भाव कायम राख्न…