काठमाडौँ, २४ असोज । उद्धारको पर्खाइमा रहेका नेपाली नागरिक लिनका लागि नेपाल एयरलाइन्सको जहाज इजरायल जाने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार ११ बजे दुबई हुँदै इजरायल जाने तयारी छ । नेपाल एयरलाइन्सको जहाज पनि तयारी अवस्थामा रहेको बताइएको छ ।