गगनको प्रश्नः काठमाण्डौमा एक्लै हिड्न नसकिने भएको हो गृहमन्त्रीज्यू ?

काठमाडौ २१ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बुधबार रिपोर्टस क्लबको कार्यक्रमबाट बाहिरिनेक्रममा आफ्नो पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोध गरेका छन् ।बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर उनले यादवमाथिको आक्रमणलाई थामथुम पार्ने प्रयास भएको भन्दै विरोध गरे ।सन्काले हान्यो भनेर यसलाई थामथुम पार्ने सामसुम पार्न खोजिँदैछ । नेपाल कांग्रेसको तर्फबाट सरकारलाई…