राष्ट्र बैंकको नियमनमा रहेका कुनै पनि संस्थालाई समस्यामा पर्न दिँदैनौं: गभर्नर अधिकारी

काठमाडौँ, १० माघ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नियमनमा रहेका कुनै पनि संस्थालाई समस्यामा पर्न नदिने बताएका छन् । बिहीबार राष्ट्रिय वाणिज्य बैंकको ६० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थासम्बन्धी सम्पूर्ण तथ्यांक राष्ट्र बैंकसँग हुने गरेको भन्दै त्यसलाई व्यवस्थापन गर्ने जिम्मेवारी पनि राष्ट्र बैंकको भएको बताए…