पोखरा, १८ वैशाख । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको पूरक छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न पीडित बचतकर्ताले माग गरेका छन् । पोखरा महानगरपालिकाले दोस्रो चरणको वित्तीय विश्लेषणसहितको प्रतिवेदन निर्माणमा ढिलाइ गरेको पीडितको आरोप छ । पोखरा महानगरपालिकाको वित्तीय विश्लेषण प्रतिवेदन र प्रहरीको अघिल्लो अनुसन्धान प्रतिवेदन फितलो भएको भन्दै पीडितले माघ २२ मा पूरक निवेदन दिएपछि…