अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, १७ वैशाख । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ४ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ३७ हजार २ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला १६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।