काठमाडौँ, १७ वैशाख । बेथितिको कुनै सीमा हुँदैन । यसो भन्नुपर्ने अवस्था किन आएको छ भने बाल मन्दिरको ५२ रोपनी जग्गा नेपाल बैंकमा धितो राखिएको खुलासा भएको छ । सरकारी जग्गा बैंकमा धितो राखिएको भन्ने समाचार आफैंमा देशकै विडम्बना हो । अझ, मालपोत कार्यालय डिल्लीबजारले २०५६ देखि नै जग्गा धितोमा राखेको पुष्टि भए पनि पैसा कति निकालिएको थियो, प्रयोजन…