इलाम-२ मा रास्वपा उम्मेदवारसहित १६ जनाको धरौटी जफत

काठमाडौँ, १८ वैशाख । इलाम-२ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा १६ जना उम्मेदवारको धरौटी जफत भएको छ । इलाम-२ मा रास्वपा उम्मेदवार मिलन लिम्बू, एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राई, राप्रपा उम्मेदवार लक्ष्मी गुरुङ र मंगोल नेसनल अर्गनाइजेसनका उम्मेदवार मनिबहादुर लिम्बूसहित १६ जनाको धरौटी जफत भएको हो । इलाम-२ मा एमालेका सुहाङ नेम्बाङ २७ हजार ७ सय ७२…