संसद्‌मा कांग्रेस र सडकमा पीडितले चर्काउँदै सहकारी ठगी मुद्दा

काठमाडौँ, २ चैत । सहकारीको बचत हिनामिना गरेको मुद्दा संसद् र सडकमा चर्कोसँग उठ्न थालेको छ, सरकार भने प्रतिक्रियाविहीन छ । सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम कानुनविपरीत ऋण लिएर ठगी गरेको भन्दै प्रमुख प्रतिपक्षले संसद्मा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम किटेरै प्रश्न उठाइरहेका छन् भने सहकारीपीडितले सडकमा आफ्नो रकम फिर्ताको माग गर्दै प्रदर्शन गर्न थालेका…