काठमाडौँ, १५ फागुन । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई विना धितो ५ लाख भन्दा बढी ऋण नदिन निर्देशन गरेको छ । विपन्न तथा न्यून आय भएका व्यक्तिलाई विना धितो केवल सामूहिक जमानीमा लघुउद्यम वा व्यवसाय सञ्चालन गर्नका लागि प्रयोजन खुलाई प्रतिसमूह सदस्य बढीमा ५ लाख रुपैयाँसम्म मात्र लघु कर्जा दिन बैंकले भनेको हो । …