गैरीगाउँको पेट्रोलपम्पमा सिल

काठमाडौँ, ३० असोज । काठमाडौँको गैरीगाउँको भ्याली बाबा पेट्रोलपम्पमा सिल गरिएको छ । कम परिणामको तेल बिक्रीवितरण गरेको पाइएपछि पेट्रोलपम्पको एउटा नोजललाई सिल गरिएको हो । परिमाण मापन गर्दा मात्रा कम देखिएपछि कारबाही गरिएको अनुगमनमा संलग्न प्रधानमन्त्रीको सचिवालय सदस्य विनोद न्यौपानेले जानकारी दिए । चाडपर्वको मौका छोपी उपभोक्तामाथि ठगी हुनसक्ने भएकाले अनुगमन गरिएको उनले बताए…