बजेटको तयारी अहिलेदेखि नै गर्नुपर्छ : मन्त्री महत

काठमाडौँ, १९ असोज । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले अहिलेदेखि नै आउँदो आर्थिक वर्षको बजेटको तयारी गर्नुपर्ने बताएका छन् । आज ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आवश्यकताका आधारमा बजेट विनियोजन गरिनुपर्नेमा जोड दिए । सबैभन्दा धेरै जनसंख्यालाई प्रभाव पार्ने र शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत आवश्यक क्षेत्रको पहिचान गरी आउँदो वर्षको बजेट विनियोजन गर्नुपर्ने उनले बताए…