चार महिनामा १४८ जनाको मृत्यु: एक अर्ब १८ करोडभन्दा बढीको क्षति

काठमाडौँ, २ भदौ । पछिल्लो चार महिनामा विपद्का घटनामा परी देशभर १४८ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा रेकर्ड भएका दुई हजार ५१० वटा विपद्का घटनामा ३० जना बेपत्ता भएका छन् । २०८० वैशाख १ गतेदेखि साउन मसान्तसम्मको अवधिमा विपद्का घटनामा परी ४९६ जना घाइते भएको प्राधिकरणले…