माछाका ‘ह्याचलिङ’मा किसान आकर्षित

भरतपुर, २८ साउन । चितवनको मत्स्य विकास केन्द्र भण्डाराद्वारा उत्पादित माछाका भुराप्रति किसान आकर्षित भएका छन् ।  कार्यालयले आर्थिक वर्ष २०७९-८० मा सात करोड ५० लाख माछाको ह्याचलिङ (चारदेखि सात दिनको भुरा) वितरण गरेको हो । यस्तै ७० लाख फ्राइ (एक महिना अवधिको) र छ लाख ६० हजार फिङ्गरिङ (दुई महिनामाथिको) माछाका भुरा वितरण गरेको…