बैतडी, २ असार । बैतडीको शिवनाथ गाउँपालिका–३ पोखरेटीका ४० वर्षीय धनवीरसिंह साउद पेसाले शिक्षक हुन् । उनी स्थानीय गर्वेश्वर आधारभूत विद्यालयमा अध्यापन गराउँछन् । साउँदको दैनिकी विद्यालयमा पढाउने र बाँकी समय बारीमा तरकारीको हेरचाह गरेर बित्ने गरेको छ । गाउँमा उनी ‘नमूना कृषक’का नामले पनि चिनिँदै आएका छन् । साउदले तीन वर्षदेखि व्यावसायिक तरकारी खेती…