काठमाडौँ, ३० फागुन । निजामती कर्मचारी अस्पतालले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । अस्पतालमा रिक्त पदहरूमा पदपूर्तिका लागि खुला समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले आवेदन आह्वान गरिएको हो । अस्पतालले दशाैँदेखि चौथो तहसम्मका लागि कर्मचारी माग गरेको छ ।