धौलागिरिमा पथप्रदर्शक बेपत्ता

म्याग्दी ९ जेठ । धौलागिरि हिमाल आरोहरण गरेर फर्कदै गरेका एक पथप्रर्दशक बेपत्ता भएका छन् । धौलागिरि गाउँपालिका– ४ मुदीमा पर्ने धौलागिरि आधार शिविरबाट सोलुखुम्बुको चौंरीखर्क– ३ का ३० वर्षीय आङनिमा शेर्पा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबार साँझदेखि सम्पर्कविहीन शेर्पाको स्थलगत र हेलिकप्टरमार्फत खोजी तीव्र बनाइएको प्रहरी नायब उपरीक्षक वसुन्धरा खड्काले…