बजेटको आकार तय गर्दा विगतकै अभ्यास दोहोर्‍याउन हुँदैन : मन्त्री पौडेल

काठमाडौँ, १८ माघ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको आकार तय गर्दा विगतकै अभ्यास दोहो¥याउन नहुने बताएका छन् । आज आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) ले काठमाडौँमा आयोजना गरेको अर्थतन्त्रको चुनौती र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले बजेटको आकारलाई वास्तविक बनाउनुपर्ने बताएका हुन् । उनले अहिले बजेटको आकारका विषयमा…