काठमाडौँ, १९ जेठ । बजेटपछिको छलफल कार्यक्रममा अर्थविद्हरूले पूर्वतयारी बिना नै बजेटका कार्यक्रमहरू आएको बताएका छन् । नेपाल आर्थिक संघले आयोजना गरेको आर्थिक वर्ष २०७९/०८० को बजेट सम्बन्धी अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले पूर्वतयारी बिना बजेटमा कार्यक्रम समावेश गरिएको बताएका हुन् । कार्यक्रममा अर्थविद् डा. पोषराज पाण्डेले बजेट निर्माण गर्न अर्थमन्त्रीसँग स्रोत नै नहुने गरेको बताए ।…