अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, २३ असार । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला १४ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९४ हजार १ सय रुपैयाँलमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँले बढेर प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।