काठमाडौँ, २० माघ । खाना पकाउने ग्यासमा गरिएको मूल्य वृद्धि फिर्ता गर्न राष्ट्रिय उपभोक्ता मञ्च नेपालले सरकारसँग माग गरेको छ । नेपाल आयल निगमले बुधबार रातिदेखि लागू हुने गरी ग्यासमा प्रति सिलिन्डर रु २५ वृद्धि गरेको थियो । गत महिना समेत आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरेको र अहिले पुनः ग्यासमा मूल्य…