अर्थ

एप्पल वर्ल्ड मोबाइलकोे ‘एक्सचेन्ज धमाका रिटन्स’ अफर



काठमाडौं, १८ माघ । एप्पल वर्ल्ड मोबाइलले ग्राहकको अनुरोधमा पुनः एक्सचेन्ज धमाका रिटर्न्स अफर ल्याएको छ । माघ १८ गतेबाट आगामी फागुन १० गतेसम्मका लागि एक्सचेन्ज अफर ल्याएको जनाएको छ ।

यो अवधिमा एक हजारभन्दा बढी मोबाइल एक्सचेन्ज हुने अनुमान गरिएको छ । दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको एप्पल वर्ल्ड मोबाइलले अन्य बजारको भन्दा सस्तो मूल्यमा मोबाइलको कारोबार गरिरहेको जारी विज्ञप्तिमा उल्लखे छ ।

६० मिनेटमै मोबाइल मर्मतको सुविधा दिइरहेको एप्पल वर्ल्ड मोबाइलले भ्यालेन्टायन डेसम्मका लागि जुनसुकै पुरानो मोबाइल एक्सचेन्ज गर्दै नयाँ मोबाइल खरिद गर्ने मौका प्रदान गरेको छ ।

यसै गरी एलजीको एल ६० मोबाइल किन्दा अर्को त्यही मोबाइल फ्रिमा दिने अफर पनि ल्याएको छ । त्यस्तै युएमआई ४ जिबी र्‍याम र ६४ जिबी स्टोरेज रहेको सुपर मोबाइलको खरिदमा युएमआइकै लण्डन मोबाइल सित्तैमा दिने भएको छ ।

भ्यालेनटाइन डे नजिकिदै गर्दा आफ्ना प्रेमीप्रेमिकालाई उपहारस्वरुप प्रदान गर्न युएमआइ मोबाइल खरिद गर्न पनि एप्पल वल्र्डले आग्रह गरेको छ । जुनसुकै मोबाइलमा पनि विशेष छुट तथा मोबाइल मर्मतमा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिइएको एप्पल वर्ल्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।

दसैँ र तिहारको समयमा मोबाइल खरिद गर्ने मध्ये एक जना बम्पर प्राइज विजेता जनकले पाएका छन् । उनलाई सोमबार फसिनो स्कुटर प्रदान गरिएको छ । यसैगरी सामसुङको ४६ इन्च टिभी बेनु प्रसाइले पाइन भने हुवावेको पी ९ मोबाइल कुमार चन्दले पाए ।