बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २१ जेठ । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ५ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९३ हजार २ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।