काठमाडौँ, २० जेठ । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीविरुद्ध १ करोड ८ लाख ३८ हजार ३ सय २ रुपैयाँ ५७ पैसा बिगो कायम गरी सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले सोडारीकी पत्नी गीता र छोरा बबी सोडारीलाई पनि गैरकानुनी सम्पत्ति जफत प्रयोजनका…