काठमाडौँ, २० जेठ । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २ हजार ९ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९२ हजार ७ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ५५ रुपैयाँले बढेर २ हजार २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।