काठमाडौँ, १७ जेठ । सरकारले यस वर्षदेखि बजेट घोषणालगत्तै नयाँ ठेक्का गर्न मिल्ने व्यवस्था गरेको छ । आर्थिक वर्ष २०८२/८३ को बजेटका सम्बन्धमा शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नयाँ आर्थिक वर्ष कुर्न नपर्ने गरी व्यवस्था मिलाइएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । तयारी सकिएका आयोजनालाई नयाँ ठेक्का गर्न नयाँ आर्थिक वर्ष पर्खिनु नपर्ने उनको…