एक हजार ८६१ बालबालिका कुपोषित

नुवाकोट, ८ असोज । नुवाकोटका एक हजार ८०० भन्दा बढी बालबालिका कुपोषणबाट ग्रस्त भएको पाइएको छ । ख्याउटेपन भएर बच्चाको तौल न्यून हुँदै मृत्युवरणसमेत गर्ने जोखिम अवस्थाको शीघ्र कुपोषण भएका बालबालिकाको संख्या ३०५ र मध्यम कुपोषण भएका बालबालिका एक हजार ५५६ रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । विभिन्न सामाजिक संस्थासँगको सहकार्यमा स्वास्थ्य कार्यालयले तयार…