काठमाडौँ, ४ असोज । प्रेस काउन्सिल नेपालले स्थानीय तह निर्वाचनको तेस्रो चरणको प्रचारप्रसार र मौन अवधिमा डेढ दर्जन सञ्चार माध्यमका सामग्री निर्वाचन आचारसंहिता प्रतिकूल भएको पाइएको जनाएको छ । काउन्सिलले निर्वाचन आयोगको सहकार्यमा यही असोज ३ गते प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनको सन्दर्भमा गत भदौ १९ गतेदेखि नियमितरुपमा अनुगमन गरेको थियो ।…