समृद्ध जनकपुरको लागि राजनीतिक प्रतिवद्धताको होडबाजी

हिमांशु चौधरी जनकपुरधाम, २७ भदौ । आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनअन्तर्गत जनकपुर उपमहानगरपालिकामा मनोनयन दर्ता गराएका उम्मेदवारहरूले जनकपुरधामलाई समृद्ध शहरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै चुनावी प्रचारप्रसारलाई तीव्र पारेका छन् । प्राचीन मिथिलाको राजधानीका रहेको जनकपुरधामलाई प्रदेश नं २ को पनि राजधानी बनाउने, धार्मिक, पर्यटकीय र सांस्कृतिक केन्द्रका रूपमा…