काठमाडौ, २४ साउन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनप्रतिनिधिहरुले आग्रह पूर्वाग्रह त्यागेर जनताको काम गर्न सुझाव दिनुभएको छ । अध्यक्ष ओलीले एमालेबिरुद्ध गरिएका कुप्रचारलाई चिर्ने गरी काम गर्न समेत निर्देशन दिनुभएको छ । पार्टीले इलाममा आयोजना गरेको प्रदेश न १ का निर्वाचित जनप्रतिनिधिहरुका लागि आयोजना गरिएको बधाई तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा मंगलबार ओलीले…