झापा, १६ वैशाख । जनताको आवास कार्यक्रम अन्तर्गत झापाका ३४ परिवारले पहिलो किस्ताको रकम पाएका छन् । दलित, मुस्लिम, आदिवासी तथा गरिब परिवारलाई लक्षित गरी सरकारले सञ्चालन गरेको उक्त कार्यक्रम अन्तर्गत उनीहरुले पहिलो किस्ताबापतको रू १८ लाख २४ हजार ९५० पाएका हुन् । सहरी विकास डिभिजन कार्यालय भद्रपुरका प्रमुख इन्जिनियर सुमनकुमार मिश्रकाअनुसार विर्तामोड नगरपालिका साविक…