भूकम्पीडितलाई सूर्यविनायकमा नक्सापास गर्दा शत प्रतिशत छुट

भक्तपुर २३ जेठ । सूर्यबिनायक नगरपालिकाका भूकम्पपीडितले नक्सापासमा शत प्रतिशत छुट पाउने भएका छन् । स्थानीय निर्वाचनबाट निर्वाचीत जनप्रतिनिधिको पहिलो बोर्ड बैठकले भूकम्पपीडितको आवास निर्माणका लागि नक्सापासमा कुनै शुल्क नलीने निर्णय गरेपछि नक्सापासमा शत प्रतिशत छुट पाउने भएका हुन् । भूकम्पपीडितलाई आवास निर्माणमा सघाउ पुग्ने उद्देश्यले बोर्ड बैठकले यस्तो निर्णय गरेको नगरपालिकाका मेयर बासुदेव थापाले…