काठमाडौं, १२ वैशाख । नेकपा एमालेका अध्यक्ष एंवसंसदीय दलका नेता केपी शर्मा ओलीले संसदमा टेबल भएको संविधान दोस्रो संसोधन विधेयकको समर्थन गर्न नसकिने बताएका छन् । हिजो संसदको बैठकमा बोल्दै उनले विगतको भन्दा पनि यो विधेयक राष्ट्रिय हित प्रतिकुल रहेकाले एमालेले समर्थन नगर्ने बताए । उनले स्थानीय तहका प्रतिनिधिले राष्ट्रिय सभाका सदस्य चुन्न पाउने अधिकार…