धम्क्याएर होइन, मन जितेर मत लिनुपर्छः प्रमुख निर्वाचन आयुक्त डा यादव

धादिङ, २५ वैशाख । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आसन्न स्थानीय तहको निर्वाचनमा मतदातलाई धम्क्याएर होइन, मन जितेर मत प्राप्त गर्न सकिने बताएका छन । जिल्लाको निर्वाचन तयारी तथा शान्तिसुरक्षाको अवस्थाबारे जानकारी लिन आज धादिङबेँसी आएका प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचन आयोगद्वारा आयोजित सरोकारवालसँगको अन्तक्र्रियामा मतदाताको मन जितेर मत प्राप्त गर्न राजनीतिक दल…