प्रमुख निर्वाचन आयुक्तले भने –स्थानीय तहको निर्वाचनमा पचास प्रतिशत महिलाको उम्मेदवारी हुनुपर्छ

बनेपा, १६ चैत । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले स्थानीय तहको निर्वाचनमा महिलाको उम्मेदवारी ५० प्रतिशत हुनुपर्ने सुझाव दिएका छन । निर्वाचन कार्यालयको आयोजनामा आजदेखि धुलिखेलमा सुरु भएको लोकतन्त्र, सुशासन, निर्वाचन, लैङ्गिक तथा समावेशीसम्बन्धी विषयमा निर्वाचन सरोकार भएकाहरुसँग भएको अभिमुखीकरणमा उहाँले विगतका निर्वाचनमा ३३ प्रतिशत महिलाको प्रावधान कार्यान्वयन नभएको बताउँदै अब महिलाबाहेक, दलित, जनजाति…