काठमाण्डौ । १८ माघ । नेकपा एमाले निकटका सरकारी कर्मचारीहरुको छाता संगठन नेपाल निजामती कर्मचारी संगठनले कार्यालय समयभित्र कुनै पनि सांगठनिक कार्यक्रम र गतिविधि नगर्ने घोषणा गरेको छ । कार्यालय समयमका कर्मचारीहरु सागठानिक लगायत अन्य गतिविधिमा सहभागी हुँदै आएका कारण पनि सेवाग्राहीहरु मर्कामा पर्ने गरेकाले त्यसलाई ध्यानमा राखेर संगठनले यस्तो निर्णय लिएको संगठनका अध्यक्ष केदारप्रसाद…