अर्थ

होलीको बहार ‘स्मार्टफोन किन्दा स्मार्ट टिभी उपहार’



काठमाडौं,१९ फागुन । लगनखेलस्थित ललितपुर मलमा ललितपुर मोबाइल कम्प्लेक्सले होली फागुको अवसरमा मोबाइल खरिदमा उपहार योजना सार्वजनिक गरेको छ ।

फागुन २० देखि चैत्र १५ गतेसम्म लागूहुने मोबाइल खरिदमा विभिन्न उपहार योजना ल्याएको हो ।

ललितपुर मोबाइल कम्प्लेक्सले होलीको अवसर पारेर ‘होलीको बहार स्मार्टफोन खरिदमा स्मार्ट टिभी उपहार’योजना ल्याएको छ । योजनाअन्तर्गत हरेक मोबाइलको खरिदमा न्यूनतम ७ देखि ७० प्रतिशतसम्मको छुट दिइएको छ ।
योजना अवधिमा ललितपुर मोबाइल कम्प्लेक्समा कुनैपनि मोबाइल सेट खरिद गर्ने ग्राहकहरुले लक्की ड्रको माध्यमबाट सामसंगको स्मार्ट टेलिभिजन सेट उपहार प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले खरिद गरेको मोबाइलको बिल नम्बरको आधारमा लक्की ड्रमार्फत बिजेताहरुको नाम घोषणा गर्नेछ ।

कम्पनीले हाल बजारमा विश्वको चर्चित मोबाइल ब्राण्ड साओमीको विभिन्न स्मार्टफोनहरुसहित एमआई फोर एतथा सन् २०१७ का चर्चित स्मार्टफोनहरु ह्वावेको जिआर फाइभ२०१७, सामसंगको सि नाइन प्रो, जियोनीको एस सिक्स एस स्मार्टफोनहरु सूपथ मूल्यमा किन्न सकिन्छ ।
मोबाइल कम्प्लेक्समा न्यूनतम नौ सय देखि एक लाख ४० हजार रुपैयाँसम्मको विभिन्न ब्राण्डका फोनहरु उपलब्ध रहेका छन् ।