त्रिभुवन विश्वविद्यालय  सुधारका लागि चार समिति गठन

काठमाडौँ, २६ वैशाख । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले विश्वविद्यालय सुधारका लागि विभिन्न समिति बनाएर अध्ययन–अनुसन्धान थालिएको बताएका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले विगतमा गठन भएका उच्चस्तरीय समितिले बुझाएका प्रतिवेदनका साथै अब बन्ने समितिले दिने प्रतिवेदन अध्ययन र अनुसन्धान गरी विश्वविद्यालय सुधार गरिने बताए । त्रिविले हराएका उत्तरपुस्तिकाका सम्बन्धमा गत वर्ष १५ जेठमा पूर्वरजिस्ट्रार प्रा.डा. चन्द्रमणि…