काठमाडौँ, २३ असार । शिक्षकहरूसँग थप छलफल गर्नुपर्ने भन्दै सरकारले फेरि विद्यालय शिक्षा विधेयकलाई पास हुनबाट रोकेको छ । शिक्षामन्त्री रघुजी पन्तले जेठ पहिलो सातादेखि शिक्षकसँग वार्ता र सहमतिका लागि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिसँग समय माग गर्दै आएका छन् । यसमा मन्त्री पन्तलाई कांग्रेस सचेतक श्यामकुमार घिमिरेको समेत साथ छ । समितिको बैठकमा आइतबार धेरैजसो सांसदले…