मध्यपुर थिमि नगरपालिकाद्वारा शिक्षकमा दरखास्त आह्वान

काठमाडौँ, १८ फागुन । मध्यपुर थिमि नगरपालिकाले शिक्षकमा दरखास्त आह्वान गरेको छ । नगरपालिकाले करार सेवामा पूर्वप्राथमिक (ईसीडी) शिक्षक तथा अतिरिक्त क्रियाकलाप शिक्षकका लागि आवेदन माग गरेको हो ।  नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयहरूमा काम गर्नेगरी शिक्षक/प्रशिक्षक/प्राविधिक जनशक्तिका लागि आवेदन मागिएको हो ।