जाजरकोट भूकम्पमा भत्किएका विद्यालय भवन निर्माणका लागि बजेट व्यवस्थापन

काठमाडौँ, १२ चैत । अर्थ मन्त्रालयले जाजरकोट भूकम्पका कारण ध्वस्त विद्यालय भवन पुनः निर्माणका लागि आवश्यक रकम व्यवस्थापन गर्ने भएको छ । सोमबार अर्थमन्त्री वर्षमान पुन र शिक्षामन्त्री सुमना श्रेष्ठसहित दुवै मन्त्रालयका प्रशासनिक नेतृत्वबिच अर्थ मन्त्रालयमा भएको छलफलमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेटबाट शैक्षिक संस्थाका भवन पुनः निर्माण गरिने सहमति भएको हो । भूकम्पका कारण…