अभिनेता प्रकाश राज काठमाडौँमा

काठमाडौँ, ६ असोज । भारतका चर्चित अभिनेता प्रकाश राज नेपाल आएका छन् । साउथ इन्डियन फिल्म ‘ज्याक’को छायाङ्कनका लागि उनी शनिबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका हुन् । १० दिनसम्म प्रकाशले नेपालमा फिल्म सुटिङ गर्ने फिल्मको निर्माण व्यवस्थापक चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताए ।