काठमाडौँ, १९ साउन । अमेरिकी सरकारले टिकटकविरुद्ध नयाँ मुद्दा दायर गरेको छ । सामाजिक सञ्जाल कम्पनीले गैरकानुनी रूपमा बालबालिकाको तथ्याङ्क सङ्कलन गरेको र आमाबाबुले आफ्ना बच्चाहरूको खाता मेटाउन खोज्दा प्रतिक्रिया दिन असफल भएको आरोप लगाएको छ । कम्पनीको अभ्यासहरूले बालबालिकाको गोपनीयतामा ‘व्यापक’ आक्रमण गरेको अमेरिकी न्याय विभागले जनाएको छ । कम्पनीले १३ वर्षभन्दा कम उमेरका…