नेपाल आइडल विजेता करण परियारले भेटे प्रधानमन्त्री

काठमाडौँ, १२ असार । नेपाल आइडल सिजन ५ का विजेता करण परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । उनले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई भेटेका हुन् । प्रधानमन्त्रीकै निम्तामा बालुवाटार पुगेका उनलाई प्रधानमन्त्रीले बधाई तथा शुभकामना दिएका थिए । उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई गितार उपहार दिएको प्रधानमन्त्रीको सचिवालयले जनएको छ ।  प्रधानमन्त्रीले…