काठमाडौँ, २ असार । केकी अधिकारीले निर्माण गरेको फिल्म ‘बोक्सीको घर’ले शनिबार प्रदर्शनको ५१ औं दिन मनाएको छ । न्युरोडस्थित रञ्जना सिनेप्लेक्स हलमा फिल्मले प्रदर्शनको उक्त उपलब्धि हासिल गरेको हो । चलचित्र विकास बोर्डको बक्स अफिस डेटाअनुसार फिल्मको कमाइ १० करोडभन्दा माथि छ । बोर्डको बक्स अफिस तथ्यांकअनुसार ‘बोक्सीको घर’ २०८१ सालमा प्रदर्शनमा आएका फिल्ममध्ये सर्वाधिक…