५३२ जना डेङ्गी सङ्क्रमित फेला

काठमाडौँ, २५ कार्तिक । बागलुङ जिल्लामा ५३२ जनालाई डेङ्गी सङ्क्रमण भएको पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार जिल्लाको बरेङ गाउँपालिकाबाहेक सबै पालिकामा सङ्क्रमित देखा परेको हो । सबैभन्दा बढी बागलुङ नगरपालिका र सबैभन्दा कम तमानखोला गाउँपालिकामा सङ्क्रमित रहेका छन् । बागलुङमा २९५ र तमानखोलामा एक जनामा डेङ्गी सङ्क्रमित देखा परेको हो ।…