सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पैसा अभावकै कारणले उपचार नपाएर कोही नेपालीले मर्नुपर्ने अवस्था नआउने बताएका छन् । नेपाल शिक्षक सङ्घ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको २२औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले नेपाली नागरिकको जीवन रक्षाका लागि आफू र मन्त्रालय सधैँ अग्रसर रहेकाले अबका दिनका कसैले पनि पैसा अभावमा उपचार गर्न नपाउँदा गाउँमै थन्किएको…