चिसो बढे पनि डेंगुको जोखिम कायमै

काठमाडौँ, १९ कार्तिक । यो वर्ष अक्टोबर अन्तिमसम्म डेंगु संक्रमितको संख्या ४४ हजार नाघेको छ । जाडोयाम सुरु भएपनि डेंगुको जोखिम कायमै रहेको विज्ञहरू बताउँछन् । गतवर्ष सन् २०२२ मा कुनैपनि महिनामा डेंगी शून्यमा झरेको थिएन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता १ नोभेम्बरसम्म ४४ हजार ८४ जना संक्रमित भएका छन् । डेंगुका…